रुकुम पश्चिम,७ कात्तिक । रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ।जिल्लाको बाफिकोट गाउँपालिका–२ स्वारामा शुक्रबार स्थानीय ३३ वर्षीय भक्तबहादुर नाथले ढुङ्गा प्रहार गर्दा सोही ठाउँका बलबहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथको मृत्यु भएको हो।
प्रहरीका अनुसार बालक घरनजिकैको बाटोमा खेलिरहेको अवस्थामा भक्तबहादुरले एक्कासि ढुङ्गाले टाउकोमा प्रहार गरेका थिए। ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि पिपल स्वास्थ्य चौकी लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्याइएकोमा उपचारकै क्रममा चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए।
घटनामा संलग्न भनिएका भक्तबहादुर नाथलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी मानसिक अवस्था ठीक नभएको व्यक्ति रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।