२०८३ कार्तिक ८ गते शनिवार

तुलसीपुर दाङ सुनचाँदी व्यवसायी सङ्घको सपथग्रहण

सुरक्षित र मर्यादित कानुन निर्माण गर्नु पर्नेमा जोड

तुलसीपुर, १० फागुण ।  तुलसीपुर दाङ सुनचाँदी व्यवसायी सङ्घको सपथग्रहण तथा पदभार ग्रहण कार्यक्रम आज तुलसीपुरमा सम्पन्न भएको छ । संघको ७ औँ अधिवेशनबाट निर्वाचित भएका नवनिर्वाचित कार्यसमितिले आज सपथग्रहण तथा पदभार ग्रहण गरेका हुन् ।

सङ्घका अध्यक्ष हरिकृष्ण विकको अध्यक्षता तथा नेपाल सुनचाँदी व्यवसायी महासङ्घका विशिष्ट सदस्य तथा पुर्व अध्यक्ष मोहन सुनारको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले सुनचाँदी व्यवसायीका लागि कानुन नितिनिर्देशिका नबन्दा समस्या भैरहेको गुणासो गरेका थिए । सुनचाँदीको व्यवसाय संचालन गर्न आवश्यकता अनुसार सुरक्षित र मर्यादित कानुन निर्माण गर्नु पर्नेमा जोड दिएका थिए । कानुन र निति निर्देशिका नहँुदा सुन खरिदविक्रीमा समस्या भएरहेका उनीहरुको भनाइ थियो ।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासङ्घका केन्द्रीय पदाधिकारी, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका कोषाध्यक्ष सुदिप श्रेष्ठ, लुम्बिनी प्रदेशका अध्यक्ष धुर्ब कुमार गहतराज, केन्द्रिय सदस्यहरु, मानव अधिकारकर्मी सुशील बस्नेत, दलित अधिकारकर्मी निर्मल नेपाली, दलित सेवा सङका जिल्ला अध्यक्ष लिला विश्वकर्मा, उद्योग वाणिज्य सङ्घ तुलसीपुरका उपाध्यक्ष नरेशराज भण्डारी, त्रिशिद्धेश्वरी यातायात प्रालिका अध्यक्ष सुरेश हमाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा सुनचाँदी व्यवसायी संघलाई सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । नेपाल सुनचाँदी व्यवसायी सङ्घका सल्लाहकार जोगेन्द्र विश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रेस सल्लाहकार लक्ष्मण विश्वकर्माले गर्नु भएको थियो ।। नवविर्वाचित कार्यसमितिको नामावली र पद अध्यक्षः हरिकृष्ण विक उपाध्यक्षः मनोज शाह उपाध्यक्षः पुष्कर सुनार महासचिवः तुल्सीराम सुनार कोषाध्यक्षः लोकेन्द्र वली(लिला बहादुर वली) सचिवः मोहनलाल कामी सहकोषाध्यक्षः कोमल डिसी सदस्यहरुः १) मोहन विक २) जनक कुमार शेर्पाइली ३) भुपेन्द्र सुनार ४) पर्शुराम सुनार ५) शान्ता कुमारी विक ६) सुष्मा विक ७) पुजा रसाइली ८) मनिष शाह

प्रकाशित मिति : २०८१ फाल्गुन १० गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।