२०८३ कार्तिक ८ गते शनिवार

बालबालिकाको क्यान्सरमा प्रयोग हुने औषधि सरकारले ४ वटा अस्पतालबाट निःशुल्क वितरण गर्ने

  काठमाण्डौ,९ फागुन । सरकारले क्यान्सर पीडित बालबालिकाको उपचारका लागि चार वटा अस्पतालबाट निःशुल्क औषधि उपलब्ध गराउने भएको छ ।काठमाण्डौको कान्ति बाल अस्पताल, ललितपुरको पाटन अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल र चितवनको बीपी कोइराला क्यान्सर अस्पतालबाट निःशुल्क औषधि वितरण हुने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो । तीन महिना अघिदेखि नै निःशुल्क औषधि वितरण शुरू भएकोमा विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० लगायत संस्थाहरूले औषधि उपलब्ध गराएपछि थप सहज भएको मन्त्री पौडैलले बताउनुभयो । औषधिको वितरण मन्त्रालयको समन्वयमा स्वचालित प्रणालीबाट व्यवस्थित गरिने उहाँको भनाइ छ । स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले औषधि आवश्यकताका आधारमा वितरण गर्ने व्यवस्था मिलाउने बताउनुभयो । ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिनु ले आउँदो पाँच वर्षका लागि ३५ प्रकारका अत्यावश्यक औषधि उपलब्ध गराउने भएको छ । यी औषधि बाल क्यान्सर उपचारका लागि महत्त्वपूर्ण छन् । नेपालमा हरेक वर्ष झन्डै एक हजार पाँच सय जना बालबालिकामा क्यान्सर देखिने गरेको छ । सेवामा सीमित पहुँच र स्रोत अभावका कारण तीमध्ये झन्डै एक तिहाइले मात्र उपचार पाउने गरेका छन् । नेपालमा क्यान्सर पीडित बालबालिकाको बाँच्ने सम्भावना दर ३० प्रतिशत छ । विकसित देशमा यो दर ८० प्रतिशतभन्दा बढी छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।