तुलसीपुर, ५ फागुण । थारु पत्रकार संघ दाङले भोली मंगलबार १ दिने पत्रकारिता तालिम संचालन गर्ने भएको छ । संघको वार्षिक कार्यतालिका अनुसार तालिम संचालन गर्न लागिएको अध्यक्ष नवीन चौधरीले जानकारी दिनुभयो । थारु पत्रकार संघले पत्रकारिता क्षेत्रमा नयाँ नयाँ पत्रकार उत्पादन गर्ने उद्देश्यले समयसमयमा तालिम संचालन गर्दै आएको उहाँले बताउनुभयो ।
अध्यक्ष चौधरीका अनुसार तालिममा पत्रकारिताको परिचय, समाचार लेखनको तरिका, थारु भाषाको पत्रकारिताको अवस्था र संभावना, पत्रकारितामा करियरको अवसर, नैतिकता र कानुन, सम्पादकीय लेखनको तरिका, साक्षात्कार र रिपोटिङ, महिला पत्रकारका अवस्था र सम्भावना, उद्घोषण तथा कार्यक्रम संचालनको तरिका, सामाजिक संजाको प्रयोग तथा व्यवसायीकरण लगायतका विषयमा तालिम दिइने छ । घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा संचालन हुने तालिममा ३५ जनाको सहभागिता रहने आयोजकले जनाएको छ । भोली विहान ८ बजेदेखि घोराहीमा रहेका कविला रिसोटमा तालिम संचालन हुने भएको छ ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।