२०८३ कार्तिक ८ गते शनिवार

मृगौलापीडित विन्दु चौधरीको उपचारमा सहयोगका लागि अपिल

तुलसीपुर, ४ फागुण । मृगौलापीडित विरामी विन्दु चौधरीको उपचारमा सहयोगका लागि कमल चौधरीले अपिल गर्नु भएको छ । श्रीमती विन्दु चौधरीको जीवन रक्षाका लागि उहाँका श्रीमान कमलले सहयोगका लागि अपिल गर्नु भएको हो । तुलसीपुर उपमहानगरपालिका १० पड्ढा निवासी हाल तुलसीपुर ५ बाहिनी चोक बस्दै आउनु भएका चौधरी लामो समयदेखि मृगौलाको विरामी हुनुहुन्छ ।

चिकित्सकको सल्लाह बमोजिम विन्दुको मृगौलाको शल्यक्रिया गर्नुपर्ने भए पनि आवश्यक रकम अभाव भएकाले उहाँको शल्यक्रिया हुन सकेको छैन । तत्काल शल्यक्रिया गर्न नसकेमा विन्दुको अवस्था जटिल हुने चिकित्सकले बताएको चौधरीले बताउनुभयो । विन्दुको बाँया मृगौलामा समस्या देखिएपछि पहिले नै निकालिएको र आफूसँग रहेको दाँया मृगौलामा पनि फेरी समस्या देखिएपछि चिकित्सकका अनुसार तत्काल शल्यक्रिया गर्नु पर्ने भएको छ ।

शल्यक्रिया गर्नु पर्ने भएपनि आर्थिक अवस्था कमजोर भएकाले अस्पतालमा लाग्ने खर्चको व्यवस्थापन गर्न समस्या भैरहेका छ । विन्दुलाई सहयोग गर्न चाहनेहरुले उहाँको नाममा तुलसीपुर रहेको सिभिल बैँकको खाता नंबर ०४४१०४९४०३१०१७ मा रकम जम्मा गर्न सकिने छ । यस्तै मोवाइल नंबर ९८०९७०३४७७ मा पनि सम्पर्क गर्न सकिने छ । विन्दुका श्रीमान बैदेशिक रोजगारीको शिलशिलामा कतारमा छन् भने उहाँका एक छोरा र एक छोरी रहेका छन् । विन्दुको उपचारमा समस्या देखिरहेको बेला नावालक छोराछोरीको पढाईमा समेत असर पुग्ने देखिएको कमलले बताउनुभयो ।।

खातावालाको नामः विन्दु चौधरी बैंकः सिभिल बैँल तुलसीपुर दाङ खाता नंबरः ०४४१०४९४०३१०१७ मोबाइल नंबरः ९८०९७०३४७७

प्रकाशित मिति : २०८१ फाल्गुन ४ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।