तुलसीपुरमा २ वटा भरुवा बनदुक बरामद, एकजना फरार

तुलसीपुर, ३ फागुन ।  दाङको तुलसीपुरमा प्रहरीले २ वटा भरुवा बन्दुक बरामद गरेको छ । तुलसीपुर–४ मुलकोट निवासी ४५ बर्षीय भुप बहादुर पुनको घरबाट २ वटा अवैध भरुवा बन्दुकसहित २५० ग्राम बारुद, २४ वटा सिसा गोली, १४ वटा फलामको ब्यारिङ, अन्दाजी ३ किलो गोली बनाउन प्रयोग गरिने सिसा बरामद गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुनको घरमा अवैध भरुवा बन्दुक रहेको भन्ने गोप्य सूचनाका आधारमा इप्रका तुलसीपुरबाट इस्पेक्टर बिनोदराज खत्री र प्रहरी चौकी गोटीखोलाका असई बलिराज शाहीसहितको सयुक्त प्रहरी टोलीले आज बेलुका ६ बजेको समयमा उक्त भरुवा बन्दुक बरामद गरको हो । पुनको घर खानतलासी गर्दा माथिल्लो तलामा लुकाई छिपाई राखेको अवस्थामा बन्दुक फेला परेको प्रहरीले जनाएको छ । उक्त घरमा अन्य कोहीपनि नभएको र भुप बहादुर फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार
प्रतिक्रिया