तुलसीपुर,२६ माघ। पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले टहरीगाउँ एयरपोर्टको विस्तारका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । थारु सांस्कृतिक संरक्षण केन्द्र दाङ चखौरा , मटावा बरघर र भलमनसा सङ्घको आयोजनामा भएको अन्तर प्रदेश स्तरीय थारु सांस्कृतिक महोत्सवको अवसरमा सभापति देउवाले तुलसीपुरको टरीगाउँ एयरपोर्टलाई व्यवस्थित र ठूलो बनाई नियमित हवाई उडान विस्तारमा सरकारलाई दबाब दिने बताउनु भएको हो ।
उहाँले जिल्लाको समग्र विकासका लागि सबै राजनीतिक नेतृत्वहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।उहाँले थारु समुदायको शिक्षा, स्वास्थ्य र सीप विकासमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नु भयो थारु समुदायका महिलाहरू अझै पनि पछाडि परेकाले उनीहरूलाई नेतृत्वदायी भूमिकामा अघि बढाउने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । सभापति देउबाले थारु समुदायको उत्थानका लागि राज्य तहमा उनीहरूको प्रतिनिधित्व बढाउनुपर्ने बताउनुभयो ।
उहाँले लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई थारु समुदायका अन्य व्यक्तिहरूलाई पनि उच्च नेतृत्व तहमा पुर्याउने गरी पहल गर्न आग्रह गर्नु भयो साथै, उहाँले सरकारसँग थारु समुदायको शिक्षा र स्वास्थ्य क्षेत्रमा पहुँच वृद्धि गर्न विशेष कार्यक्रम ल्याउन अनुरोध गर्नुभयो । धर्म, संस्कृति, संस्कार, र परम्पराको संरक्षण गर्दै पुस्तान्तरण गर्न यस्ता सांस्कृतिक महोत्सवहरू महत्वपूर्ण हुने भन्दै उनले यसको निरन्तरताको आवश्यकता औंल्याउनुभयो ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।