मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुई घाइते

बाँके, १८ माघ ।  बाँकेको कोहलपुर नगरपालिका २ बर्दहवा नजिकै मोटरसाइकल दुर्घटना हुँदा कोहलपुर १५ का अनुपकुमार थारूको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बिहीबार राति विवाहबाट घर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा भे १२ प ४२६८ नम्बरको मोटरसाइकलमा सवार रहेका थारूको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

घाइते हुनेमा कोहलपुर नगरपालिका—१५ चौधरीयाका ईसम थारु र जीवन थारू छन् । घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ माघ १८ गते शुक्रवार
प्रतिक्रिया