तुलसीपुर, १८ माघ । दाङको दंगीशरणमा करेन्ट लागेर १ जना घाइते भएका छन् । घाइते हुनेमा दंगिशरण गाउँपालिका–५ डाँडाचिसका ३५ बर्षीय चोसिला बस्नेत रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरिक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार आज बिहान घर नजिकै बारीमा लिपलिपेको रुखमा चडेर घाँस काट्ने क्रममा उक्त रुखको हाँगाले बोरिङको लागी सप्लाई गरेको मेन लाईनमा छुदा करेन्ट लागेर रुखबाट लड्दा उहाँ घाईते हुनुभएको थियो । घाइते बस्नेतको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ माघ १८ गते शुक्रवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।