बीबीसी, १७ माघ । संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डीसीस्थित विमानस्थलमा अवतरण गर्न लागेको एउटा यात्रुवाहक विमान अमेरिकी सेनाको हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खसेको छ । दुर्घटनाबारे जारी अनुसन्धानबारे जानकारी राख्ने एक अधिकारीले विमान खसेको स्थानबाट कम्तीमा १९ वटा शव निकालिएको जानकारी दिएका छन्।
यद्यपि सरकारी निकायले हताहत भएका व्यक्तिहरूको सङ्ख्याबारे आधिकारिक जानकारी दिन बाँकी नै छ । गोताखोर र उद्धारकर्मीहरू सवार डुङ्गाहरूले न्यूनतम बिन्दुमा पुगेको तापक्रमका माझ नदीमा खोजी तथा उद्धारकार्य गरिरहेका छन्। अधिकारीहरूले अँध्यारो र चिसोका कारण उद्धारकार्य प्रभावित भएको बताएका छन्।
प्रकाशित मिति : २०८१ माघ १७ गते बिहिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।