सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

सल्यान, १५ माघ ।  सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कुमाख गाउँपालिका–७  का २६ बर्षिय गोपाल डाँगी रहेको जिल्ला प्रहरी कार्यलय सल्यानका प्रमुख डीएसपी केशर न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार दार्मा गाउँपालिका–४ मौलाहाल्ने बजार नजिकै हिजो सोमबार साझ रा ७ प ४५५८ नम्बको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदा उनी गम्भिर घाइते भएका थिए ।

दुर्घटनामा परेको मोटरसाइकल सडकदेखी करिब सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते डाँगीको उपचारकै क्रममा गएराती १० बजेको समयमा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ ।।

प्रकाशित मिति : २०८१ माघ १५ गते मङ्गलवार
प्रतिक्रिया