२०८३ कार्तिक ११ गते मङ्गलवार

जिप दुर्घटनामा दुई जनाको मृत्यु

बैतडी, १२ माघ ।  बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । यस्तै ४ जना घाईते भएका छन् । सिगास गाउँपालिका १ मा सुपप्र ०१–००१ च ४०२८ नम्बरको जिप दुर्घटना हुँदा सिगास १ की १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको मृत्यु भएको हो । दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

घाईते हुनेमा ४० वर्षीया तुलसी धामी, १६ वर्षीया निरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी रहेका छन् । उनिहरुको अवस्था गम्भीर घाइते रहेको रे डडेल्धुरा अस्पतालमा उपचार भइरहेको पाण्डेयले जानकारी दिनुभयो । जिप चालक फरार रहेको र उनको खोजी भइरहेको पाण्डेले बताउनुभयो। जिप सडकबाट करिब सात सय मिटर तल खसेको छ ।।

प्रकाशित मिति : २०८१ माघ १२ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।