२०८३ कार्तिक ११ गते मङ्गलवार

दाङबाट रोल्पाका लागि छुटेको बसको ठक्करबाट एकजनाको मृत्यु

तुलसीपुर, ८ माघ । रोल्पामा बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रुन्टीगढी गाउँपालिका –७ बलबाङ निवासी ७५ वर्षकी मनबुझा बिक रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक विजय चापागाँईले जानकारी दिनुभयो ।

दाङको घोराहीबाट रोल्पाको डुब्रिङका लागि छुटेको रा१ख २३५६ नम्बरको बसले भित्री सडकको कानकुटेडाँडामा मनबुझालाई पौने ५ बजे ठक्कर दिएको थियो ।  घटना लगत्तै फरार रहेका चालक र सहचालकको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक चापागाँईले जानकारी दिनुभयो । शव र बस घटनास्थलमा रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।