२०८३ कार्तिक ११ गते मङ्गलवार

तुलसीपुरमा घरको छतबाट खसेर एकजनाको मृत्यु

तुलसीपुर, ८ माघ ।  दाङको तुलसीपुरमा घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–७ नवरपुर निवासी अन्दाजी २७ बर्षीय सन्तोष चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो सोमबार साँझ ५ बजेको समयमा तुलसीपुर–४ बनहरीस्थित सुभान पुनको घर बनाउने क्रममा दुइतला माथीबाट खसेर चौधरी गम्भिर घाइते हुनुभएको थियो ।

घाइते चौधरीलाई उपचारका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्याएकोमा उपचारकै क्रममा सवा ६ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागी प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।।

प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।