
तुलसीपुर, २८ पुस । कागजी रुपमा वा सार्वजनिक समारोहमा बोल्दा खानेपानीलाइ संविधानले दिएको मौलिक हकका रुपमा व्याख्या गरे जसरी यो क्षेत्रमा बजेट विनियोजन गर्न भने उच्च सरकारी संयन्त्रहरु अहिलेसम्म उदार नदेखिएको खानेपानी विभाग सहलगानी खानेपानी आयोजना कार्यालय काठमाण्डौका प्रमुख नारायण प्रसाद आचार्यले बताउनु भएको छ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २० औं साधारणसभा तथा १२ औं अधिवेशनलाइ सम्वोधन गर्दे यस्तो बताउनु भएको हो । उहाँले अहिले तुलसीपुरमा उपलब्ध श्रोतले यहांका जनतालाइ धान्न नसक्ने भएकाले श्रोतको संरक्षण र नयां श्रोतको खोजी गर्न पनि उपभोक्ता समितिलाइ सुझाव दिनुभयो । यसले अबको पाँच बर्षमा सवैलाइ स्वच्छ खानेपानी पु¥याउने राष्ट्रिय निति पुरा हुने अवस्था नरहेको बताउनुभयो । नेपाल सरकारको एक घर एक धाराको निति नै कार्यान्वयनमा आउन सक्ने सम्भावना पनि आफूले कम मात्रामा देखेको बताउनु भयो ।
सोहि अवसरमा बोल्दै साधारणसभाका विशिष्ठ अतिथि तथा संघिय खानेपानी तथा ढल निकाश आयोजना बांकेका प्रमुख अतुलेश कर्णले पानीको श्रोत कमजोर बन्दै जांदा उपभोक्ताहरु भने बर्षेनी बढिरहेकाले सहज रुपमा पिउने पानी निकै चुनौतिपुर्ण रहेको बताउनुभयो । यसलाइ सन्तुलनमा ल्याउन तल्लो तहका उपभोक्ताहरुदेखि राज्यका निति निर्माता सम्म गम्भीर भएर पानीको श्रोत बढाउने तर्फ लाग्नुपर्ने पनि उहाँको सुझाव थियो ।
सो अवसरमा साना शहरी खानेपानी राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष खेमराज वलीले संविधानमा भएका कुरा जनताले पाउन नसकेको बताउनुभयो ।संविधानको धारा ४ मा खानेपानीलाइ मौलिक हकका रुपमा स्थापित गरिएपनि सहलगानी आयोजनाका नाममा जनताले ऋण लिएर आयोजनामा पैसा लगाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
सो अवसरमा जिल्लाका विभिन्न क्षेत्रमा रहेका खानेपानी उपभोक्ता संस्थाका नेतृत्वहरुले पनि खानेपानीलाइ मौलिक हकका रुपमा स्थापित गरीएपनि राज्यको यसमा लगानी न्युन हुँदा निकै चुनौतिपुर्ण रहेको पनि बताएका छन् । पछिल्लो समयमा स्वच्छ र सफा पिउने पानी चुनौति बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
साधारणसभामा घोराही खानेपानीका अध्यक्ष देवी वहादुर डिसी, नारायणपुर खानेपानीका कुल प्रसाद रजौरे, वेलझुण्डि खानेपानीका प्रदिप गौतम, अमृतपुर खानेपानीका केशव सापकोटा, राष्ट्रिय साना शहरी खानेपानी महासंघका सल्लाहकार तथा पुर्व आयोजना प्रमुख चोक प्रसाद धिताल, नेपाली कांग्रेसका क्षेत्रीय सभापति जगत खड्का, एमालेका श्याम डांगी यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार शुरेश हमालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
त्यसैगरी साधारणसभामा तुलसीपुर उपमहानगरपालिका—५ का अध्यक्ष विरेन्द्र कुमार शाह, वडा नंवर ६ का अध्यक्ष दुजमान भण्डारी, ७ का अध्यक्ष खुसीराम चौधरी, घोराही खानेपानी तथा सरसफाइ डिभिजनका प्रमुख तिलक न्यौपाने, खानेपानी संस्थाका पुर्व अध्यक्ष टोप वहादुर शाह, सल्लाहकार जनक खराल, तुलसीपुर उवासंघका महासंघका महासचिव केशव राज केसी, नेपाल पत्रकार महासंघका केन्द्रिय परीषद सदस्य शुशिल बस्नेत, तुलसीपुर चेम्बरका उपाध्यक्ष सन्तोष कुमार खड्का, तुलसीपुर खानेपानी संस्था सिस्टम नंवर ५ का जित वहादुर खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष यमकान्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बार्षिक प्रतिवेदन सचिव सेवकराम भण्डारी र कोषाध्यक्षको प्रतिवेदन भोला थापाले प्रस्तुत गर्नु भएको थियो । सिताराम शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव सेवकराम भण्डारीले गर्नु भएको थियो ।।