२०८३ कार्तिक ११ गते मङ्गलवार

दंगीशरणमा मोटरसाइकल दुर्घटना हुदा वडासचिव घाइते

तुलसीपुर, २६ पौष ।  दाङको दंगीशरणमा मोटरसाइकल दुर्घटना हुदा एकजना वडासचिव घाइते भएका छन् । घाइते हुनेमा दंगीशरण–३ का वडासचिव प्रमोद गिरी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रा २ प ४६५२ नम्बरको पल्सर मोटरसाइकलमा दंगीशरण–३ को वडा कार्यालयबाट तुलसीपुरतर्फ आउदै गरेका वडासचिव गिरीले अत्यधिक मादक पदार्थ (रक्सी पिएको) सेवन गरेका कारण अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको हो ।

दंगीशरणबाट तुलसीपुरतर्फ आउदै गर्दा आज बेलुका बालापुर नजिकै उनी  दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका गिरीलाई उपचारका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको प्रहरीले जनाएको छ । उनको मोटरसाइल प्रहरी चौकी बालापुरले नियन्त्रणमा लिएको छ । उनको उपचारका लागी दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीलगाएतका व्यक्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुगेका थिए ।।

प्रकाशित मिति : २०८१ पुष २६ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।