२०८३ कार्तिक ११ गते मङ्गलवार

देशभर आजदेखि जलपन्छी गणना सुरु हुँदै 

काठमाडौँ, २० पुष । देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपन्छी गणना गरिँदैछ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपन्छी गणना गर्ने गरिन्छ । जनवरी ४ तारिखदेखि १९ अर्थात (पुस २० गतेदेखि माघ ६ गतेसम्म) जलपन्छीको सङ्ख्या, प्रजाती, बासस्थानको अवस्थाबारे जानकारी लिइनेछ । गत वर्ष कोशिटप्पु वन्यजन्तु आरक्ष, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्ज, काठमाडौँ, पोखरा, लुम्बिनी, बिसहजारी ताल, घोडाघोडी, जगदिशपुरलगायतका तालसँगै देशका विभिन्न ताल तलैया र सिमसार क्षेत्रमा जलपन्छी गणना गरिएको थियो ।।

प्रकाशित मिति : २०८१ पुष २० गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।