२०८३ कार्तिक १२ गते बुधवार

तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुदा २ जना गम्भिर घाइते

तुलसीपुर, ७ पौष ।  दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुदा २ जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–११ का ३१ बर्षीय पंकज खत्री र पछाडी सवार रहेका रोल्पाको परिवर्तन गाउँपालिका–२ का ३१ बर्षकै दिलप्रसाद खत्री रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुरबाट जसपुरतर्फ जादै गरेका रा ३ प ६४९३ नम्बरको मोटरसाइकल तुलसीपुर–१२ टरिगाँउ एयरपोर्ट नजिकै आज दिउँसो ४ बजेको समयमा आफै अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका दुबैजनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ । मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।।

प्रकाशित मिति : २०८१ पुष ७ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।