२०८३ कार्तिक १२ गते बुधवार

टिकटक बनाउने क्रममा चिप्लिएर शिक्षीका र विद्यार्थीको मृत्यु

काठमाण्डौ, ७ पौष ।  तेह्रथुममा खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर दुई जनाको मृत्यु भएको छ । मेन्छ्यायेम गाउँपालिका–५ गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र त्यही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । गौखुरी माविका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार रविना र सुस्मिता हिजो शनिवारको बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए ।

खोला किनारमा टिकटक बनाउने क्रममा उनीहरु चिप्लिएर खोलामा बगेका थिए । बगेका दुई जनाको बेलुका शव भेटिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख चिनिमाया तामाङले जानकारी दिनुभयो । उनीहरुको शव आज परिवारलाई बुझाउने तaयारी छ ।।

प्रकाशित मिति : २०८१ पुष ७ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।