२०८३ कार्तिक १२ गते बुधवार

वडाअध्यक्षमाथि कुटपिट, टाउकोमा सात वटा टाँका

कालीकोट, ६ पौष ।  कालीकोटको महावै गाउँपालिका–३ का वडाअध्यक्ष पदमबहादुर सिंहलाई हिजो बेलुका स्थानीय युवाको समूहले कुटपिट गरेका छन् । आफ्नै घरमा बसिरहेको बेला चार जनाको समुहमा आएका युवाले कुटपिट गरेको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले निकालेको विज्ञप्तीमा उल्लेख छ ।

गाउँपालिकाले घटनाको निन्दा गर्दै अनुसन्धान गरी कारबाही गर्न अनुरोध गरेको छ । वडाअध्यक्ष सिंहको टाउकोमा सात वटा टाँका लगाएको छ । उहाँको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल कालीकोट पठाइएको छ ।।

प्रकाशित मिति : २०८१ पुष ६ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।