२०८३ कार्तिक १२ गते बुधवार

घरधनीको हत्या गरी लाखौँ रुपैयाँ बराबरको धनमाल लुटपाट

महोत्तरी, ६ पौष ।  महोत्तरीको मनरा शिसवा नगरपालिका–४ साढा गाउँमा आज बिहान लुटेराको एक समूहले घरधनीको हत्या गरेको छ । स्थानीय ७० वर्षीय सुशील झाको सातरआठ जनाको हतियारधारी समूहले हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । घरधनीको हत्या गरी लुटेराको समूहले लाखौँ रुपैयाँ बराबरको धनमाल पनि लुटेर लगेका छन् ।

झाको घरबाट सुनको मङ्गलसुत्र एक थान, सुनको औँठी एक थान र ८० हजार रुपैयाँ नगद लुटेर लगेको डीएसपी जैसवारले जानकारी दिनुभयो । हत्या गरिएका घरधनी झाकी श्रीमती सामान्य घाइते हुनुहुन्छ । हत्या र अरु सरसामान के कति लुटपाट भएको छ भन्नेबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ पुष ६ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।