२०८३ कार्तिक १२ गते बुधवार

तुलसीपुरमा दुईवटा मोटरसाइकल ठोक्किदा दुईजना घाइते

तुलसीपुर, ५ पौष ।  दाङको तुलसीपुरमा दुईवटा मोटरसाइकल ठोक्किदा दुईजना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–७ का २५ बर्षीय विराट शर्मा र मोटरसाइकलमा पछाडी सवार उहाँकै बुवा ५१ बर्षीय भोलानाथ शर्मा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जादै गरेको रा १ प ३२१२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको रा ३ प ६०४४ नम्बरको मोटरसाइकल तुलसीपुर–१८ डाँडागाउँ नजिकै आज बेलुका सवा ५ बजेको समयमा आपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा परी रा ३ प ६०४४ नम्बरको मोटरसाइकलमा सवार बुवाछोरा घाइते भएका हुन् । घाइते दुबैजनाको तुलसीपुर सिटि हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ पुष ५ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।