२०८३ कार्तिक १२ गते बुधवार

तुलसीपुरमा युवकमाथी धारिलो हतियार प्रहार, दुईजना पक्राउ

तुलसीपुर, ५ पौष  ।  दाङको तुलसीपुरमा धारिलो हतियार (ग्रासी) प्रहारबाट दुईजना घाइते भएका छ्न । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–७ का ३० बर्षीय सुरेश रसाइली र सोही ठाउँका २८ बर्षीय सुरज पुन रहेको इलाका प्रहरी कार्यलय तुलसीपुरका सुचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुर उपमहानगरपालिका–१८ माल बिजौरी स्थित प्रचण्ड निराना पसलमा सामान किनिरहेको अबस्थामा गएराती करिब १० बजेको समयमा उनीहरु माथी मासु काट्ने ग्रासी प्रहार भएको हो ।

घटनामा संलग्न रहेका सोही ठाउँका अन्दाजी ३०/३२ बर्षीय प्रकाश चौधरी, ३० बर्षीय सन्दिप चौधरी र ३१ बर्षीय रेशम चौधरी फरार रहेका थिए । घटनालगत्तै फरार रहेका उनीहरुलाई खोजतलास गर्दै जाने क्रममा आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा गएराती करिब पौने १२ बजेको समयमा पक्राउ गरि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागि नर्सिङ होम नेपालगन्ज बाकेमा रिफर गरिएको छ ।।

प्रकाशित मिति : २०८१ पुष ५ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।