२०८३ कार्तिक १२ गते बुधवार

दाङमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछी अवरुद्ध सडक खुल्यो

दाङ, ३ पौष ।  दाङ देउखुरीको राप्ती गाउँपालिक–८ बिजौरीमा अवरुद्ध सडक राति करिव ३ घण्टा पछि सुचारू भएको छ । हिजो बेलुका साढे ७ बजे देखि अवरुद्ध रहेको सडक राति साढे १० बजेबाट सुचारु भएको हो । मंगलबार बेलुका साढे ७ बजेको समयमा गोरखा आइडियल स्कुल बसको ठक्करबाट मोटरसाइकल चालक राप्ती गाउँपालिक–८ बिजौरीका अन्दाजी वर्ष ३१/३२ का कृष्णबहादुर शाही (किसन)को घटनास्थलमा मृत्यु भएपछि आक्रोशित भएका मृतकका आफन्तीहरूले लमही–भालुवाङ सडक खण्डको बिजौरीमा बाटो अवरुद्ध गरेका थिए ।

मृतकको परिवारलाई क्षतिपूर्ति, मृतकको श्रीमतीलाई रोजगारी र २ बच्चालाई कक्षा १२ सम्म पढाउने लिखित सहमतिमा बाटो सुचारु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, स्कुल पक्ष, प्रहरी र पिडित पक्ष बसेर सो सहमति गरेका हुन् । राप्ती गाउँपालिका–८ बिजौरीमा पश्चिम देखि पुर्व तर्फ गइरहेको रा १ प १४१८ नम्बरको गोरखा आइडियल स्कुल लालमटियाको बसले पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको रा ५ प २६०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा शाहीको घटना स्थलमा मृत्यु भएको थियो ।।

प्रकाशित मिति : २०८१ पुष ३ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।