२०८३ कार्तिक १२ गते बुधवार

दाङमा गाडी दुर्घटनामा परी २ जनाको मृत्यु

तुलसीपुर, १ पौष ।  दाङमा गाडी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तुको शिवराज नगरपालिका–३ की ४२ वर्षीया प्रिथी थारु र सोही ठाउँकी ६० वर्षीया फुलसी थारु रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी ईश्वर थापाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउखोला बक्सकटिङ नजिकै आज बिहान लु १ ज ४२९८ नम्बरको गाडी दुर्घटना हुँदा अन्य १२ जना घाइते भएका छन् । कपिलवस्तुको चद्रौटाबाट बर्दियातर्फ जाँदै गरेको गाडी आज बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकाहरूको लमही अस्पतालमा उपचार भइरहेको छ ।।

प्रकाशित मिति : २०८१ पुष १ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।