दाङमा टिप्परको ठक्करबाट युवकको मृत्यु

दाङ, १७ मंसिर । दाङमा टिप्परले मोटरसाईकललाई ठक्कर दिदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–१९ कुटीचौर निवासी १९ वर्षका सुदिप बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी इश्वर थापाले जानकारी दिनुभयो । त्यसैगरी मोटरसाईकलको पछाडी सवार तुलसीपुर– १७ निवासी २२ वर्षका दिपक बस्नेत घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घोराहीबाट तुलसीपुर तर्फ जाँदै गरेको रा १ ख १२९१ नं.को टिप्परले सोही दिशा तर्फ जादै गरेको रा ७ प ७४६ नंम्बरको मोटरसाइकललाई साँझ ६ः४५ बजे घोराही उपमहानगरपालिका १० झारबैरा भन्ने स्थानमा ठक्कर दिदा बुढाथोकी र बस्नेत घाइते हुनुभएको थियो । उपचारका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान पु¥याए लगत्तै चिकित्सकले बुढाथोकीलाई मृत घोषणा गरेको सूचना अधिकारी थापाले जानकारी दिनुभयो । त्यसैगरी सोही घटनामा परेर घाइते हुनु भएका बस्नेतको राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको छ । टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १७ गते सोमवार
प्रतिक्रिया