उपचार खर्चसहित थप ६ लाख रुपैयाँ दिने सहमती

तुलसीपुर, १७ मंसिर ।  बस दुर्घटनामा परी मृत्यु भएकी इन्द्रा थापाका आफन्त र अम्बिकेश्वरी यातायात प्रालिबिचको छलफल टुङ्गीएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरमा भएको छलफलमा दुईपक्षबिच सहमती भएको मृतकका भाई धनराज थापाले जानकारी दिनुभयो । उहाँका अनुसार समितिले घाइते हुदा लागेको उपचार खर्च र थप ६ लाख रुपैयाँ दिने सहमती भएको छ । यसअघि आज दिउँसो मृतकका आफन्ती र यातायात प्रालिका पदाधिकारी बिच इलाका प्रहरी कार्यालय तुलसीपुरमा भएको छलफलमा सहमती जुट्न नसकेपछी पिडित पक्षले आज दिउँसो केहीबेर घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध पारी आन्दोलन गरेका थिए ।

त्यसपछी पिडित पक्षलाई छलफलमा बोलाएर सडक खुलाइएको थियो । घोराही–तुलसीपुर सडकखण्डअन्र्तगत घोराहीदेखी तुलसीपुरतर्फ आउदै गरेको रा १ ख १३८२ नम्बरको बस तुलसीपुर–१८ दुधराशमा दुर्घटना हुदा घाइते भएकी तुलसीपुर–१८ दुधराशकी ३२ बर्षीया थापाको उपचारकै क्रममा नर्सीङ होम नेपालगञ्जमा हिजो साँझ मृत्यु भएको थियो । मृत्युपश्चात आफन्तीहरु शव नबुझेर फर्कीएका थिए । मृतकको शव अहिले नर्सीङ होम नेपालगञ्जमा रहेको र अब सहमती भएसँगै शव लिन नेपालगञ्ज जाने पिडित पक्षले बताएको छ ।।

प्रकाशित मिति : २०८१ मङ्सिर १७ गते सोमवार
प्रतिक्रिया