२०८३ कार्तिक १२ गते बुधवार

तुलसीपुर बस दुर्घटना : मृतक पक्षद्धारा घोराही–तुलसीपुर सडक बन्द

तुलसीपुर, १७ मंसिर ।  दाङको घोराही–तुलसीपुर सडक अवरुद्ध भएको छ । घोराही–तुलसीपुर सडकखण्डअन्र्तगत घोराहीदेखी तुलसीपुरतर्फ आउदै गरेको रा १ ख १३८२ नम्बरको बस तुलसीपुर–१८ दुधराशमा गत शुक्रबार दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएकी तुलसीपुर–१८ दुधराशकी ३२ बर्षीया इन्द्रा थापाको उपचारकै क्रममा नर्सीङ होम नेपालगञ्जमा हिजो साँझ मृत्यु भएको थियो । मृत्युपश्चात आफन्तीहरु शव नबुझेर फर्कीएका छन् । मृतकको शव अहिले नर्सीङ होम नेपालगञ्जमा रहेको छ । दुर्घटनामा परेको बस अम्बिकेश्वरी यातायात प्रालिको रहेको बताइएको छ ।

मृतकका आफन्ती र यातायात प्रालिका पदाधिकारी बिच इलाका प्रहरी कार्यालय तुलसीपुरमा आज छलफल हुदा सहमती हुन नसकेको मृतकका भाई धनराज थापाले जानकारी दिनुभयो । पिडित पक्षको माग सम्बोधनका लागी यातायात समितिले बेवास्ता गरेपछी सडक अवरुद्ध पारेर आन्दोलनमा उत्रिएको उहाँले बताउनुभयो । मृतककी छोरीको सम्पुर्ण पालनपोषणको जिम्मा लिनुपर्नेलगाएतका मागसहित प्रदर्सन भइरहेको उहाँले बताउनुभयो । माग पुरा नहुदासम्म विरोध प्रसर्दन जारी रहने उहाँको भनाई छ । यता अम्बिकेश्वर यातायात प्रालिका अध्यक्ष घनश्याम बस्नेतले पिडित पक्षबाट धेरै माग आएकाले सम्बोधन गर्न नसकिएको बताउनुभएको छ । समितिले नियामाअनुसार क्षेतीपुर्ती दिने उहाँको भनाई छ ।।

प्रकाशित मिति : २०८१ मङ्सिर १७ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।