काठमाण्डौं, १५ मंसिर । काठमाण्डौको तारकेश्वर नगरपालिका–८ शेषमतीको लामबगर शान्तिटोल गेट नजिक बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट ककनी गाउँपालिका–५ बस्ने ५० वर्षीय सन्चबहादुर लामा र तादी गाउँपालिका–१ घर भई काठमाण्डौको तारकेश्वर–८ लामबगर बस्ने ५८ वर्षीया सुन्तली ओझा रहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
बा४ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर घाइते भएका बसका सह–चालकको राष्ट्रिय ट्रमासेन्टरमा उपचार भइरहेको उहाँले बताउनुभयो । दुर्घटनापछि बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ मङ्सिर १५ गते शनिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।