तुलसीपुर, १० मंसिर । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका–३ घर भई हाल तुलसीपुर–९ बेलुवा बस्ने अन्दाजी ३० वर्षका लिलाराम डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्र्रवक्ता तथा डीएसपी इश्वर थापाले जानकारी दिनुभयो । पहरीका अनुसार लमही बजारबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ७ प ४९५४ नम्बरको मोटरसाइकल लमहीको रातो डाँडा नजिकै आज बिहान प्रहरीको बेरिङगेटमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परि गम्भीर घाइते भएका डाँगीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डीएसपी थापाले बताउनुभयो । मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–५ न्युरोड बस्ने अन्दाजी २६ वर्षका रोशन विक सामान्य घाइते भएको प्रहरीले जनाएको छ । बिकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।।
प्रकाशित मिति : २०८१ मङ्सिर १० गते सोमवार