२०८३ कार्तिक १२ गते बुधवार

होटलमा युवायुवती मृत भेटिए

काठमाडौं, ९ मंसिर ।  काठमाडौँको सिनामंगलमा दुई युवायुवती मृत भेटिएका छन् । काठमाडौँ महानगरापलिका–८ सिनामंगलस्थित होटल जन्मभूमिमा सुनसरीका ३४ वर्षीय रमेश रायमाझी र मोरङकी २९ वर्षीय शर्मिला माझी मृत भेटिएका हुन् । शनिबार साँझ होटलको चौथो तलाको कोठमा नम्बर १२० भाडामा लिएर बसेका उनीहरु घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार होटलको बरण्डाको रेलिङमा सेतो रङको कपडाको सलले घाँटीमा पासो लगाएको अवस्थामा उनीहरुको शव भेटिएको हो । सो घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोली अहिले घटनास्थलमा पुगेको समेत जनाइएको छ ।।

प्रकाशित मिति : २०८१ मङ्सिर ९ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।