२०८३ कार्तिक १२ गते बुधवार

आगलागीबाट पसल र डान्सबार जलेर नष्ट

काठमाडौं, ६ मंसिर ।  काठमाण्डौ नरेफाँटको एउटा घरमा गएराति आगलागी भएको छ । गएराति पौने १२ बजेतिर बालकुमारी गेट नजिकै सीसीआरसी कलेजको छेउमा रहेको स्वाभिमान श्रेष्ठको घरमा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिनुभएको छ । आगलागीबाट घरको पहिलो तलामा भोजराज भट्टले सञ्चालन गर्नुभएको ‘डगेरा फार्मेसी’ जलेर नष्ट भएको छ ।

यसैगरी आगलागीबाट श्रेष्ठको घरसँगै एउटा पान पसल र मःम पसल पनि जलेको प्रहरीले जनाएको छ । सँगैको ‘जुम्बा डान्स सेन्टर’ पनि जलेको छ । आगलागीमा परेका पसलका व्यक्तिहरुले नै क्षतिको अनुमानित विवरण दिन नसकेका कारणले आगलागीबाट भएको क्षतिको विवरण यकिन नभएको राईले बताउनुभएको छ । पाँचवटा दमकलको सहयोगमा एक घण्टापछि आगो निभाइएको थियो ।।

प्रकाशित मिति : २०८१ मङ्सिर ६ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।