२०८३ कार्तिक १२ गते बुधवार

दाङमा १६ वर्षीया बालिका मृत अवस्थामा फेला

तुलसीपुर, २२ कात्तिक । दाङमा राप्ती नदिमा बगेर बेपत्ता भएकी एक बालिका मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका –३ कालीपुरुवा निवासी रामकुमार यादबको १६ वर्षीया छोरी विद्यावती यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी इश्वर थापाले जानकारी दिनुभयो ।

हिजो साँझ करिब सवा ७ बजे भैँसी चराइ घर तर्फ फर्किदै गर्दा लमही नगरपालिका– ८ दुईघरवा स्थित राप्ती नदीमा भैँसी तार्ने क्रममा बगी बेपत्ता भएको प्रहरीले जनाएको छ । बालिका आज बिहान धनपुरुवा स्थित राप्ती नदिको बिच भागमा मृत अवस्थामा फेला परेको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २०८१ कार्तिक २२ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।