२०८३ कार्तिक १२ गते बुधवार

ज्वालामुखी विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु

काठमाडौं, १९ कात्तिक ।  पूर्वी इन्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । लेवोटोबी लाकी–लाकी नाम गरेको पहाडमा ज्वालामुखी विस्फोट भएको इन्डोनेशियाको ज्वालामुखी तथा भौगर्भिक विपद् न्यूनीकरण केन्द्रले जनाएको छ । आगो दन्केको लाभाका टुक्रा र ढुङ्गाहरू उछिट्टिएर ज्वालामुखीको केन्द्रबाट चार किलोमिटर टाढा रहेका गाउँहरूमा पुगेका थिए । त्यसबाट कतिपय घरहरूमा आगलागी भएको छ । ज्वालामुखी विस्फोटबाट सात वटा गाउँ प्रभावित भएका छन् ।

इन्डोनेशिया सरकारले ज्वालामुखीबाट पुग्ने खतराको सूचनाको तहलाई उच्चतम स्तरमा बढाउँदै ज्वालामुखीको केन्द्रबाट सात किलोमिटरकोे क्षेत्रभित्र पर्ने सबै ठाउँ खाली गराउन भनेको छ । इन्डोनेशियाको विपद् न्यूनीकरण निकायका प्रवक्ताले अबका केही दिन अकस्मात् आउने बाढी र बगेर आउने चिसो लाभाले समस्या निम्त्याउने चेतावनी दिनुभएको छ । स्थानीय सरकारहरूले ५८ दिनका लागि प्रभावित क्षेत्रमा सङ्कटकालको घोषणा गरेका छन् ।।

प्रकाशित मिति : २०८१ कार्तिक १९ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।