२०८३ कार्तिक १२ गते बुधवार

दुईवटा मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु, एकजना घाइते

बाँके, १९ कात्तिक ।  बाँकेको नेपालगन्जमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज–६ का २६ वर्षीय अमनकुमार कसौधन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार बसपार्क बाइपास रोड नजिकै गएराति भे ६ प ८०२ र ग ३ प ७१७१ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटनामा भएको हो ।

दुर्घटनामा परी नेपालगन्ज–११ का १८ वर्षीय एहसान शेख घाइते भएका छन् । शेखको भेरी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ । ज्यान गुमाउने कसौधन र घाइते शेख मोटरसाइकलका चालक रहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ कार्तिक १९ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।