२०८३ कार्तिक १२ गते बुधवार

भारतीय कार लिएर तिहार मनाउन आएका एकजनाको दुर्घटनामा मृत्यु

अर्घाखाँची, १९ कात्तिक ।  अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११ डिभर्नामा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका–११ को ढुङ्गे देउरालीमा हिजो एच.आर. ५५ एयु ८७९३ नम्बरको कार दुर्घटना हुँदा मालारानी गाउँपालिका–७ टिमुरेका २६ वर्षीय चालक नवीन नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार भारतको दिल्लीमा गाडी चलाउने काम गर्ने नवीन तिहार मनाउन घरमा आएका थिए ।।

प्रकाशित मिति : २०८१ कार्तिक १९ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।