२०८३ कार्तिक १२ गते बुधवार

तुलसीपुरमा तिहारकै दिन जुवाको खालबाट १० जना जुवाडे पक्राउ

तुलसीपुर, १८ कात्तिक ।  दाङको तुलसीपुरमा जुवाको खालबाट १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–१७ बनकट्टा निवासी ५७ बर्षीय भिम वली, ४९ बर्षीय लुमा सिंह बस्नेत, सोही ठाउँका ३२ बर्षीय नर बहादुर चौधरी, ५८ बर्षीय केशर बहादुर वली, ३६ बर्षीय शरद वली, ३८ बर्षीय सुशिल वली, ४१ बर्षीय रेख बहादुर वली, ४९ बर्षीय मदन वली, घरधनी ५१ बर्षीय देव बहादुर वली र घोराही–९ का ४९ बर्षीय बालाराम भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी इश्वर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बनकट्टाका देव बहादुर वलीको घरमा पैसा हारजित हुने गरी जुवा (कौडा) खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई गएराती साढे १ बजेको समयमा पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट १ लाख ३३ हजार १ सय १० रुपैयाँ नगदसहित १७ थान कौडा पनि बरामद गरेको छ ।। ।

प्रकाशित मिति : २०८१ कार्तिक १८ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।