२०८३ कार्तिक १२ गते बुधवार

दाङमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङ, १० कात्तिक ।  दाङमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–४ भैसकुमराका ३१ वर्षिय हेमन्त चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी इश्वर थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत सतबरियाबाट लमहीतर्फ आउँदै गरेको लु ३१ प ४१५४ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउदै गरेको भे १ त ४१५६ नम्बरको ट्याक्टरले ठक्कर दिदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भिर घाइते भएका मोटरसाइकल चालक चौधरीको उपचारकै क्रममा लमही अस्पतालमा गएराती मृत्यु भएको हो । ट्याक्टर चालक लमही–७ का ४२ वर्षिय शोभाराम चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ कार्तिक १० गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।