२०८३ कार्तिक १२ गते बुधवार

तुलसीपुरको सात्तलेमा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना गम्भिर

तुलसीपुर, १० कात्तिक ।  दाङको तुलसीपुरमा जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा जिप चालक दाङको दंगीशरण गाउँपालिका–४ बैंबाङका २२ बर्षीय हिरामणी बुढा र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ बर्षीय सुरेश खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

यस्तै दुर्घटनामा परी कपुरकोट–६ की ३१ बर्षीया देवा वली, उहाँका १३ बर्षीय छोरा महेश वली र १० बर्षीय छोरा जिवन वली गम्भिर घाइते भएका छन् । उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको छ । पहरीका अनुसार रोल्पाबाट सल्यान हुदै तुलसीपुरतर्फ आउदै गरेको रा १ ज ८२२ नम्बरको डबल क्याप जिप तुलसीपुर–३ को सात्तले नजिकै शनिबार बिहान ४ बजेको समयमा सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको हो ।।

प्रकाशित मिति : २०८१ कार्तिक १० गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।