२०८२ पुष १ गते मङ्गलवार

तारे होटलहरूमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थमा रोक

काठमाडौँ, ७ । कात्तिक सरकारले तारे होटलहरूमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थमा रोक लगाएको छ । पर्यटन विभागले प्रेस विज्ञप्ति जारी गर्दै तारे होटलहरूमा प्लास्टिकजन्य बोटलहरूमा रोक लगाएको हो । विभागबाट स्तर वर्गीकरण भई इजाजतप्राप्त होटल तथा रिसोर्टहरुमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थहरु प्रयोगमा आइरहेके भन्दै उजुरी परेपछि तत्काललाई कम्तिमा चार तारे वा सोभन्दा माथिल्लो स्तरका होटल तथा रिसोर्टहरूमा खानेपानीको लागि प्रयोगमा आउने प्लास्टिकजन्य बोटलमा रोक लगाएको सूचनामा उल्लेख छ ।

प्लास्टिकजन्य बोटलको प्रयोगबाट मानव स्वास्थ्य तथा वातावरणमा समेत नकारात्मक प्रभाव पर्ने भन्दै प्लास्टिकजन्य बोटलको प्रयोगमा निषेध गरी काँचका बोटल तथा अन्य धातुको भाँडा प्रयोग गर्न पनि विभागले निर्देशन दिएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ७ गते बुधवार
प्रतिक्रिया