२०८३ कार्तिक १२ गते बुधवार

तुलसीपुरमा कुवामा डुबेर एकजनाको मृत्यु

तुलसीपुर, ४ कात्तिक ।  दाङको तुलसीपुरमा कुवामा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–२ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार चौधरी आफ्नै घरको कुवामा डुडेको अवस्थामा मृतककी भाउँजु आँसी चौधरीले आज बिहान पौने ७ बजेको समयमा देखेपछी प्रहरीलाई खबर गर्नुभएको हो । घटनाको जानकारी पाएलगत्तै विपद व्यवस्थापनको टोली प्रहरी घटनास्थलमा पुगी चौधरीको शव कुवाबाट निकालेको हो । मृतक चौधरी गत असोज ३० गतेदेखी घरबाट हराइरहेको बुझिएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ कार्तिक ४ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।