२०८३ कार्तिक १२ गते बुधवार

दाङमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

दाङ, २ कात्तिक ।  दाङमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–७ का २९ बर्षीय प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी इश्वर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार घोराहीवाट थारा तर्फ जाँदै गरेको रा १ ख १८५७ नम्बरको खाली टिप्पर घोराही–तापासडक खण्ड अन्तर्गत बंगलाचुली गाउँपालिका– ४ जुम्लेपानीमा गएराती १ बजेको समयमा दुर्घटनामा परेको हो ।

टिप्परमा चालक एक्लै रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ कार्तिक २ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।