२०८३ कार्तिक १२ गते बुधवार

चर्चित पप गायक लियाम पेनको होटलबाट खसेर मृत्यु

काठमाण्डौं, १ कात्तिक ।  चर्चित पप ब्याण्ड ‘वन डाइरेक्शन’ का पूर्वसदस्य गायक लियाम पेनको ३१ वर्षको उमेरमा मृत्यु भएको छ । अर्जेन्टिनामा ब्यूनस आयर्सको एक होटलको तेस्रो तल्लाबाट खसेर लियाम पेनको मृत्यु भएको हो । यसै महिनामा उहाँले अर्जेन्टिनामा भएको एक कन्सर्टमा आफ्नो प्रस्तुति दिएका पेनको पालेर्मोको कोस्टारिका स्ट्रिटमा रहेको होटलबाट खसेर मृत्यु भएको जनाइएको छ ।

बेलायतमा जन्मिएका लियाम सन् २०१० मा आफ्नै देशको रियालिटी शो ‘द एक्स फ्याक्टर’ मा सहभागी भएपछि उहाँसहित जयान मालिक, ह्यारी स्टाइल, लौइस टमलिनसन र नियाल होरानले ‘वन डाइरेक्शन’ नामक पप ब्याण्ड बनाउनुभएको थियो । लियामको निधन भएको खबर फैलिएपछि प्रशंसकहरू ब्यूनस आयर्सको होटल बाहिर भेला भएका छन् ।।

प्रकाशित मिति : २०८१ कार्तिक १ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।