२०८३ कार्तिक १२ गते बुधवार

माइक्रोबसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

तनहुँ, २८ असोज ।  तनहुमा माइक्रोबसको ठक्करबाट एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्की रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मोटरसाइकलमा गोरखाबाट पोखरा जाँदै गरेका हवल्दार नहर्कीलाई पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आज बिहान माइक्रोबसले ठक्कर दिएको हो ।।

प्रकाशित मिति : २०८१ असोज २८ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।