२०८३ कार्तिक १२ गते बुधवार

गुडीरहेको बसमा ढुंगा लाग्दा एक बालिकाको मृत्यु

हेटौंडा — गुडीरहेको यात्रुबाहक बसमा माथिबाट खसेको ढुंगा लागेर एक बालिकाको मृत्यु भएको छ । त्रिभुवन राजपथको हेटौडा–भैंसे सडकखण्डका भुलभुलेमा माथिबाट खसेको ढुंगा लागेर बसका यात्रु मकवानपुरगढी गापा ८ की १२ वर्षिया रिकु थिङको मृत्यु भएको हो ।

त्रिभुवन राजपथ हुँदै भीमफेदीको ईचुङतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ३३१० नं. को यात्रु बोकेको लोकल बसमा अचानक माथि भिरबाट ढुङ्गा खसी बसकी यात्रु थिङ घाइते भएकी थिइन् । हेटौंडा अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका निम्ति चितवन लगिएको थियो । उपचारकै क्रममा थिङको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय हेटौंडाले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असोज २७ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।