२०८३ कार्तिक १२ गते बुधवार

दाङमा मोटरसाइकल पल्टिँदा २ जना घाइते

तुलसीपुर, २६ असोज । दाङमा आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा २ जना घाइते भएका छन् । घाइते हुनेमा दंगीशरण गाउँपालिका–३ बैबाङ निवासी ३३ वर्षका  चालक  श्याम कृष्ण चौधरी र पछाडी सवार  ४१ वर्षका चिन्तामणाी गिरी  रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

घाइते मध्य गम्भिर घाइते गिरीकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगंज  रिफर गरिएको प्रहरीले जनाएको छ । हेकुलीबाट बैबाङ तर्फ जाँदै गरेको रा ८ प ४४३३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित पल्टिँदा उक्त दुर्घटना भएको हो । दुर्घटना पौने ८ बजे भएको थियो । 

प्रकाशित मिति : २०८१ असोज २६ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।