२०८३ कार्तिक १२ गते बुधवार

तुलसीपुर हुदै रुकुम जान लागेको फोर्स गाडी दुर्घटना हुदा १६ जना घाइते

तुलसीपुर, २४ असोज ।  सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । बाँकेको नेपालगन्जदेखि रुकुम पश्चिम जाँदै गरेको लु २ ख ५००२ नम्बरको गाडी ब्रेक फेल भई सल्यानको कुमाख गाउँपालिका–३ स्थित चौरजहारी सडकमा भित्तामा ठोक्किदा दुर्घटना भए हो । गाडीमा २० जना सवार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रमेश खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते १६ जनामध्ये ४ जनाको अवस्था मध्यम र अन्य १२ जनाको अवस्था सामान्य रहेको छ । उनीहरुलाई उपचारका लागि मिसन अस्पताल चौरजहारी रुकुम पश्चिम पठाइएको छ । दुर्घटनापछि चालक सल्यानको कुमाख ३ बस्ने २२ वर्षीय बसन्त बुढाथोकी फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ असोज २४ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।