तुलसीपुर, २२ असोज । दाङको दंगीशरणमा बबई नदिमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–१ निवासी नरेश खड्काका ९ वर्षीय छोरा पुस्कर खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका पुस्कर स्थानिय कविराम पुनका ९ वर्षीय छोरा पुनसँग आज दिउँसो पौने ३ बजेको समयमा दंगीशरण गाउँपालिका–४ बैंबाङस्थित बबई नदिमा नुहाउन गएको अवस्थामा दुबैजना डुबेर वेपत्ता भएका थिए ।
त्यसलगत्तै प्रहरीले खोजी गर्दै जादा पुनलाई शकुसल उद्धार गरिएपनि खड्का भने मृत अवस्थामा भेटिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । उनी वेपत्ता भएको करिब ४५ मिनेट पछी झण्डै १ सय मिटर तल बबई नदिको बिच भागमा मृत फेला परेको उहाँले बताउनुभयो । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ असोज २२ गते मङ्गलवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।