काठमाण्डौं, १९ असोज । काठमाण्डौबाट लमजुङ जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाण्डौका ५८ वर्षीय उपेन्द्र खनाल रहेको प्रहरीले जनाएको छ । पृथ्वी राजमार्ग व्यस्त भएपछि ‘टोखा–छहरे सडक खण्ड’ हुँदै लमजुङ जाँदै गरेको बा १४ च ३८५४ नम्बरको जीप आज बिहान नुवाकोटको शिवपुरी गाउँपालिका–८ काफलडाँडामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । घाइतेहरूको काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।।
प्रकाशित मिति : २०८१ असोज १९ गते शनिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।