२०८३ कार्तिक १२ गते बुधवार

अवरुद्ध दाङ–सल्यान सडक एकतर्फी खुल्यो

तुलसीपुर, १७ असोज । राप्ती राजमार्ग अन्तर्गत अबरुद्ध दाङ– सल्यान सडक खण्ड एकतर्फी खुलेको छ । श्रीरखोलामा सुख्खा पहिरो गएपछि बिहान सवा ९ बजेदेखि अवरुद्ध सडक पौने १२ बजेदेखि एकतर्फी सुचारु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिका –३ स्थित श्रीरखोला नजिकै माथिबाट सुख्खा पहिरो आएपछि सडक अवरुद्ध भएको थियो । सडक सुचारु भएपछि बीचबाटोमै रोकिएका दर्जनौँ सवारी साधनहरू गन्तव्य तर्फ लागेका छन् । विभिन्न समयमा यस सडक खण्डमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध हुने गर्दछ । वर्षातविना पहिरो जानेलाई सुख्खा पहिरो भन्ने गरिन्छ ।

प्रकाशित मिति : २०८१ असोज १७ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।